-सरोज कुमार महतो
म विधालयमा पढ्ने बेलामा “स्वस्थ्य तथा शारिरीक शिक्षा” पढाउने शिक्षकले योग ध्यानको कुरा पनि गर्नु हुन्थ्यो । उहाँले भनु हुन्थ्यो, “सुर्य उदय हुनु पुर्व उठेर शारिरीक व्यायम गरेर नुहाउनु पर्छ ।” जसले सारा दिन राम्रोसँग बित्छ । वहाँले भनेका अनुरुप बिहानै शारिरीक व्यायम न गरे पनि ईनारबाट हातले पानि तानेर नुहाउँथे, अनि विधालय जाँदा मेरो अनुहारमा चम्क हुन्थ्यो त्यसले गर्दा मलाई सर सबैको अगाडि माया गर्नु हुन्थ्यो । शैक्षिक सत्र बैशाख तिर हुँदा त्यति खेर ईनारमा पानी धेरै नै तल जाने, नजिकको इनार सुक्ने पनि गथ्र्यो जसले गर्दा कठिने हुने ।
चुरे देशको लगभग १३ प्रतिक्षत भुभाग ओगटेको छ भने पश्चिममा डडेलधुरा देखि पुर्वमा इलामा सम्म ३६ वटा जिल्लाहरुको क्षेत्र हो । पुर्वदेखि पश्चिमसम्म देशभिध ८०० किमी लामो र १० देखि ५० किमी चौडाइ रहेको छ । प्रदेश २ का आठवटै जिल्ला चुरेको तल्लो भेगमा पर्छ ।
चुरे दोहनले अन्नभण्डार र जलभण्डार गुमाउने नै छौ साथ साथै देशका लगभग ७ वटा संरक्षित क्षेत्र चुरेमा पर्छ । जहाँ विविधता बोकेको जीवजन्तुको बसोबास हुने गरेको छ । चुरेमा देशकै १३०८ प्रजातिका जीवजन्तु पाईन्छ । जसले गर्दा जैविक विविधताको दृष्टिकोणबाट पनि चुरे अत्यन्त महत्वपुर्ण मानिन्छ ।
चुर दोहनले मेरो पानी खोसिन्छ नै पछि गएर खाना पनि खोसिन्छ । साथै विपदको जोखिमा पनि पर्ने छौ । देश कृषिप्रधान देश हो जसमा “तराईलाई अन्नभण्डार मान्छौ” देश कै ५० प्रतिक्षत जनसंख्या यहाँ बसोबास गर्छ । अन्न भण्डारलाई जोगाउन जरुरी छ । चुरेले गर्दा उत्पादकत्वमा पनि असर पर्छ साथै बाढी र पहिरो दुवैको जोखिममा पनि पर्न जान्छ ।
२०७२ सालमा नेपालमा संविधानले देश संघिय प्रणालीमा गयो । जसले तिन तहका सरकारमा भयो । जसमा जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार हुन र स्थानीय सरकारको क्षेत्र भित्र पर्ने प्राकृति स्रोतको आवश्यक व्यवस्थापन संरक्षण गरिनु पर्छ । खोला उत्खन्न गर्ने त्यसको संरक्षण गर्ने जिम्मा स्थानीय सरकारको रहेको छ । तर यसको संरक्षण हुनु पर्नेमा झन समस्या बढेको छ । चाहिएको खण्डमा स्थानीय सरकारले आवश्यक ऐन, नियम, कार्यविधि बनाएर पालना गर्न सकिन्छ । तर यसमा चुकेका छन् ।
सबैभन्दा बढि क्रसर चुरेको भावर क्षेत्रमा संचालनमा छ । प्रदेशगत कुरा गर्दा प्रदेश २ को “उधोग, पर्यटन तथा वातावरण मन्त्रालयले ढुङ्गा, गिट्टी, वालुवा उत्खन्न, संकलन, विक्री वितरण तथा क्रसर उधोग स्थापना र संचालन व्यवस्थीत गर्न कार्यविधि २०७५” स्वीकृति गरेर तर लागु गर्नमा चुकेका छन् । जसको फलस्वरुप अधिकांश क्रसर उधोग मापदण्ड विपरित संचालनमा छन् ।
संघिय सरकारबाट चुरेका अवहेलना नै भएको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमा बुँदा नं.२०० “वातावरणीय प्रभाव मुल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यावार घाटा न्युनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निमार्ण सामाग्राीको परिवहनका लागि अधोग देखि निकासी बिन्दुसम्म रोपे वे निमार्ण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।” भन्ने वक्तव्यमा भनिएको छ ।
यसको दुर्गामी असर पर्छ भनेर आवश्यक अध्ययन बिनै यसरी वक्तव्य आउनु सरकारलाई चुरे प्रति चासो नभएको भान हुन्छ । देश र माटोको लागि कयौ बलिदा दिने गरेको छ । त्यहि माटो चुरेबाट बेच्ने अनुचित नै छ । र यसबाट पर्ने असरहरु पनि मुल्याँकन नगरिको छ । चुरमै तराईबासीको जिवन छन् ।
चुरेलाई बचाउनका लागि जनताबाट पनि कयौ पल्ट प्रयास भए पनि सफल हुन सकेको छैन । २०७६ ०९ २५ का दिन “चुरे दोहनले हिउँदमा खानेपानी हाहाकार अनि वर्षामा बाढीले खेत कटान गरिने हुनाले, अवैधानीक रुपमा भईरहेको ढुङ्गा, गिट्टी, वालुवा उत्खन्नलाई रोकेर आफ्नो गाउँ बचाउन प्रयास गर्ने।” “दिलीम महतोको निर्मम पुर्वक हत्या गरियो । तर उसको ज्यान गए पनि अझै उत्खन्न रोकेको छैन । दिलिप झै बटेश्वर १ मा उत्खन्न रोक्न प्रयास गर्दा क्रसरबालाको पिटाईले एक स्थानीय १० दिन जति अस्पताल भर्ना हुनु पर्यो ।
“चुरे यस्तो क्षेत्र हो जहाँ कुनै डाँडामा अलिकति खोस्निे हो भने त्यसले दशकौ सम्म त्यहाँको जमिन अस्तिर बनाईदिन्छ ।” ‘चुरे नेपाल र नेपालीको सुन्दर भविष्य हो यसको संरक्षण सर्वाधिक महत्वपुर्ण हो” । चुरेको एक महत्वपुर्ण विशेषता पानी सञ्चित गर्न सक्छ । जसले दक्षिण तिर बसोबास गर्ने लाखौँ मानिसका लागि पानी सञ्चय गरिदिन्छ ।
चुरे संरक्षणका निमित अर्बौ रकम खर्र्चिएका छन । कयौँ योजना बनाएका छन् तर प्रभावकरी भएको छैन । सरकारले २०७१ असार २ मा पुर्व देखि पश्चिम सम्म “चुरे संरक्षण क्षेत्र” घोषण गरेको थियो । त्यसको व्यवस्थापन लागि उच्चस्तरीय “राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास समिति” समेत बनाएको थियो । चुरे क्षेत्रको प्रार्कतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको प्रवद्र्धन, गरिबी न्युनीकरण एवं समृद्ध नेपालको राष्ट्र लक्ष्यमा टेवा पुर्याउन समितिको मुल लक्ष्य हुन ।
Comments
Post a Comment