सम्झना दासको यादमा अन्तिम सम्झना दिप प्रज्लन

सम्झना दास एसिड प्रहारबाट गम्भिर घाईते भई उपचारको क्रममा मृत्युको भएको लागी दिप प्रजलन कार्यक्रम सम्पन्न गरिएको छ ।



घरमा सु्तिरहेकै ठाउँमा तेजाव आक्रमणबाट ज्यान गुमाएकी रौतहटकी किशोरी सम्झना दासको आत्मा चिरशान्ति र परिवार जनमा धैर्यधारण गर्नका लागि सरोज कुमार महतो र राहुल कुमार शाहको नेतृत्वमा आयोजित श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रममा काठमाडौँ स्तिथि माइतीघर मण्डलामा सम्पन्न भएको हो ।



छिमेकीले नै तेजाव हानेपछि गम्भीर घाइते भएकी १८ वर्षीया उनको आइतबार दिउसो संघीय राजधानी काठमाडौ स्थित कीर्तिपुर अस्पतालमा निधन भएको थियो । यता दिदीसँगै तेजाव खन्याइँदा घाइते भएकी १५ वर्षीया सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार जारी छ । उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।


घरमा सुतिरहेको अवस्थामा उनीहरूलाई भदौ २६ गते मंगलबार राति करिब १२ बजे अपरिचित व्यक्तिले तेजाव फ्याँकेका थिए । घाइते भएका दुवैजनालाई रौतहटको चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । रौतहट चन्द्रपुर–६ का दास दिदीबहिनी स्थानीय जनज्योति माविमा ७ कक्षा र ६ कक्षामा अध्ययनरत थिए ।

एसिड प्रहार भएको १२ दिन पछि अस्ति सम्झना दास सम्झनामा मात्र सिमित भएर सदाका लागि बिदा भइन् । बहिनी सुस्मिता अस्पतालमा उपचारत छिन् ।

सो कार्यक्रममा पत्रकार अनुराग अनन्त, ने.वि.संघका नेता बिष्णु खडक,लक्ष्मी दाहाल , बिटु मिश्रा, तथा कलाकार, विधार्थीहरुको लगायत उल्लेख्य सहभागी थियो







Comments

Post a Comment