आज राष्ट्रिय बाल दिवस मनाईदै । वि.स.२०४९ साल भदौ २९ गतेका दिन संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई नेपाले बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेकोे थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बालदिवसको रुपमा मनाउँदै आईरहेको छ ।
“बाल” शब्द सुने बितिकै ति सम्झाना आउँछ, बदमासि शैतानि व्यवहार गर्ने, घरमा चक्क गर्ने, कसैको घरमा केहि विगारे पछि आमाबुवालाई अरुले गुनासो सुनाउने, मासुम र सोझो अनुहार र सुन्दर आँखा जहाँ भविष्यमा के गर्ने सपना झल्किने । बालपन सम्झिदा र अहिलेको बालबालिकालाई हेर्दा “कहाँ आउँछ फर्केर ति बालपनको उमेर” गित याद आउँछ । यो संसारमा जति नै विज्ञय ठुला किन होस् सबैलाई मन पर्छ बालपानको उमेर तर प्रकृतिको चक्रले फर्केर जान सक्दैनौ । जिवनको सुरुवात बालपन बाटै हुन्छ । जहाँबाट हामी हरेक कुरा सुरु गर्छौ ।
समय परिवर्तनशील छ जस अनुसार हामी पनि परिवर्तशिल भईरहनुपर्छ । पछिल्लो पुस्ता बालकालमा गुच्चा, डन्डिवियो, लुकामारी, कवडि जस्ता खेलहरु खेल्ने गरेको थिया । अहिलेका बालबालिकाहरु डिजिट प्रविधिको मागसँगै बालबालिकाहरु पनि कम्प्युटर गेम, मोवाइले गेम, अनलाई गेम र भिडियो बढि प्रयोगमा आएको छ । जसले बालबालिकालाई मानसिक तथा शारिरिक विकासमा असर परेको छ । अहिलेको अभिभावकहरु अन्य काममा व्यस्त भएर, सानै उमेरमा छात्रावासमा राख्ने यी कुराले गर्दा आमा बुवाको हरविचार राम्रोसँग नपाएको हुनाले आदरस्वभावमा असर परेको देखिएको छ । अभिभावकहरुले बालबालिकालाई पैसा भन्दा धेरै समयको लगानी गर्न जरुरी छ, हरेक बच्चा आफैमा विशेष छन केवल उनिहरुमा भएको क्षमताको पहिचान गरि त्यसलाई उजागर गर्न प्रोत्साहन गर्नुको साथै स्पाइडरम्यान, ब्याटम्यान, सुपरम्यान र हल्क जस्ता भन्दा राम्रो मान्छे र सरल मान्छे र उसलाई उ नै बन्न प्रेरित गर्न सकिन्छ । शहरीवासो बढेको छ जहाँ बालबालिका एकअर्कासँग भेटेर रमाउने, खेल्नको लागि आवश्यक खुल्ला ठाउँ जस्ता वातावरण छैन । गाउँघर तिर प्रभावकारी शिक्षा छैन ।
विश्वभरि नै कोरोना त्रास र यसको असरले प्रभावति छन । नेपालको पनि अशुत छैन्न । हिजो सम्मको तथ्याँक अनुसार ५४,१५९ जना संक्रमित ३८,६९७ निको भएर घर फर्किसकेका छन र ३४५ जनाको मृत्यु भई‘को छ । यस विषम परिस्थितिमा भदौ २९ गते “विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको साझा प्रतिवद्धता” नारा लिएर बाल दिवस मनाईरहेको छ । कोरोनाको असरले विगत कयौ महिना देखि हामी लकडाउनमा छौ जसले धेरै कुरामा असर परेको छ । त्यस मध्ये एउटा शिक्षा क्षेत्र पनि छ । नेपालमा ४० प्रतिक्षत १८ वर्ष मुनिका छन जस मध्ये प्राय विधालय जाने खालका छन । लकडाउनको कारणले नयाँ शैक्षिक सत्र सुरु भएको छ महिना हुन लाग्यो तर पढनपाढन सुरु भएको छैन । कतिपय निज विधालयहरुले डिजिटलि भर्चुअल माध्यमबाट सुरु गरे पनि सहज र सबै विधार्थीको लागि उपयोगि भएको छैन । सरकारी विधालय त ठप नै छ । यस अवस्थामा बाल अधिकार संरक्षण र भावी पुस्ताको चाह अनि धारणाको बिकास झनै चुनौतिपूर्ण भएको छ, यस विषयमा हामी सबै सजग हुन जरुरी छ र अगामि दिनको यसको विकल्प खोज्न जरुरी छ ।
वर्तमान अवस्थामा कतिपय बालबालिका “गासबासकपास” को जोहो गर्न सकको छैन । समान्य अवस्थामा पनि कतिपय बाललिकाहरु आफ्नो लगायत परिवारको जिवनधान काम गरिरहेको छन । अधिकारको कुरा गरेका छौ तर त्यस्को कार्यन्वन हुन सकेको छैन । असहाय बालबालिकालाई उचित व्यवस्थापन हुन सकेको छैन । निति नियम, कार्यविधि बने गरेको छन तर ति कुराहरु कागज मै सिकित रहेको छ । विभिन्न संघसंगठन, सरोकारबाल निकाय र सरकार आज बाल दिवस मनाईरहेको भए पनि कतिपय बालबालिका माझ यसको ’boutमा जानकारी नै छैन ।
यस विषम परिस्थतिमा बालबालिकाको पठनपाठनको लागि आवश्य योजना बनानु पर्ने देखिएको छ । धेरै दिन देखि पठनपाठन हुन सकेको छैन यस अवस्थामा विगतमा पढेका कुराहरु विर्सेने सम्भावना छ । यसलाई ध्यानमा राखेर अभिभावले टियुसन गराउनु पर्छ, हरेक टोलमा शिक्षकहरु हुने गरेको छ उनिहरुको नजिक रकेका विधार्थीहरुलाई टियुसन पढाउन स्थानिय तहले आवश्यक पहल गर्नु पर्छ ।
सम्पुर्ण बालबालिकालाई भदौ २९ अर्थात राष्ट्रिय बाल दिवसको शुभकामना । असल हुनु, राम्रो हुनु, परिवार समाज देश र विश्वलाई सेवा माया गनु । सुरक्षित बस्नु ।
#ChildrendsDay #राष्ट्रियबालदिवस२०७७ #राष्ट्रिय #बाल #दिवस #Covid19Nepal #Staysafe
Comments
Post a Comment