आफ्नै देशको प्रधानमन्त्रीलाइ विरोध किन???


आज हाम्रो सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु, प्रदेश नम्बर २ को राजधानी जनकपुर र धनुषाको बरमझिया जाने कार्यक्रम थियो र जानु भयो दुवै कार्यक्रममा सहभागी पनि हुनु भयो, यसै क्रममा प्रधानमन्त्री ज्यु जनकपुर विमान स्थलमा ओर्लिनु भयो र त्यहाँबाट जनकपुर स्थिति प्रदेश नम्बर २ को राष्ट्रियसभा तिर लग्नु भयो किनकी सम्बोधन गर्ने कार्यक्रम थियो, त्यहि बेला केहि त्यहाको युवाहरुले विरोध गर्नु भयो #kpoliback यस्तै यस्तै विभिन्न किसिमका कुरा लेखेर विरोध जनाउनु भयो त्यसलाई पुलिसले समातेर लग्यो पनि तर उनीहरुको विरोधको असर प्रधानमन्त्रिलाई परेन, तर यो विरोध कसलाई गरेको? किन गरेको ? के को लागि गरेको? यो सोच्नु पर्ने कुरा हो, हामी नेपालीको मधेशी नागरिक हो, आफ्नै देशको प्रधामन्त्रीलाइ विरोध गर्नु राम्रो हैन किन कि त्यो हाम्रो देशको प्रधानमन्त्री हो तपाइलाई उहा देखि रिस होला तर त्यो पदको नि हामीले सम्मन गर्नु पर्छ जुन पदमा उहा हुनुहुन्छ, तपाई त्यसलाई नै विरोध गर्दै हुनु हुन्छ जसले अहिले हाम्रो देश चलाउछ, जसले बनाएको नीतिनियम पालना गर्छौ, अरुको देशको प्रधानमन्त्री आउदा करोड खर्च गरेर स्वागत गर्ने अनि आफ्नै देशको लाइ विरोध गर्ने यो कस्तो नागरिक को कर्तब्य हो? पहिले हामी मानव हो, अनि नेपाली अनि मधेशी हो ! सबैले आफ्नो आफ्नो काम गर्नु आफ्नो आफ्नो कर्तब्य निभानुस सबै राम्रो हुन्छ ! हाम्रो संबिधानमा मधेसको लागि अलि ठिक छैन तर यसरि विरोध गर्नु भएर केहि ठिक हुने वाला छैन, हामीले त्यो संबिधान मान्ने तर त्यसको नियम न मान्ने, उहा ले गराएको चुनाब अरु कार्यक्रममा सहभागी हुने तर उहालाइ विरोध गर्ने, म भन्छु कि तपाईको कुनै पनि अधिकारी लिनु छ भने राम्रोसंग माग्नु, दिएँ भने खोसेर लिनु पर्छ कि झगडा गरेर लिनु पर्छ त्यो लिनु किन कि त्यो तपाइको अधिकारी हो, यसरि प्रधानमन्त्रिलाई विरोध गर्नु भनेको आफ्नै परिवारको विरोध गर्नु सरह नै भयो !

Comments