अविरल बर्षा पछी भिषण बाढीले र डुबानमा परि अहिले सम्म ३० को मृत्यु, सैयौ अझै बेपत्ता, हजारौ घरपरिवार विस्तापित, लाखौ बिगाहा जमिनको खेति नस्ट – देश भर कहाँ के भयो ? जान्नुहोस (फोटो सहित)
अविरल बर्षा पछी भिषण बाढीले र डुबानमा परि अहिले सम्म ३० को मृत्यु, सैयौ अझै बेपत्ता, हजारौ घरपरिवार विस्तापित, लाखौ बिगाहा जमिनको खेति नस्ट – देश भर कहाँ के भयो ? जान्नुहोस (फोटो सहित)
मोरङमा बाढीले करिब दुई हजार परिवार विस्थापित
विराटनगर, २८ साउन । निरन्तररुपमा गएरातिदेखि बर्षा जारी रहेको कारणले मोरङमा अन्दाजी दुई हजार घर डुवानमा परेको छ ।
बर्षाका कारण विराटनगर विमानस्थलमा दुई फिट पानी जमेपछि हवाईसेवा अवरुद्ध भएको छ र विमानस्थलको सुरक्षागार्डको भवनमा समेत पानी पसेपछि कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ ।
विराटनगर महानगरपालिकाको १९ वटै वडाका अधिकांशको घरमा पानी पसेको छ । सोमध्ये, विराटनगरको ४, ५, ६, ११ र १२ नम्बरका वडा पूर्ण डुबानमा परेको र ती वडाबाट ६ सय परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
यसका साथै विराटनगरको नोबेल अस्पतालभित्र पानी पसेको छ र नेपाल आयल निगमको पर्खाल भत्किएको छ । विराटनगर–२ मा सिंग्याही खोलाको पानी दर्जनौँ घरमा पसेका छन् विराटनगरका मुख्य सडकका साथै सहायक सडक खोलाको रुपमा परिणत भएको छ ।
सुन्दरहरैचाको ४ र ६ वडामा पर्ने पुलको पश्चिमपट्टिको भागलाई गछिया खोलाले कटान गरेपछि केही बेर आवागमन ठप्प भए पनि यतिखेर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
यसका साथै बूढीगंगामा अन्दाजी ३५० घरपरिवार डुबानमा परेका छन् । बौंराहा टोलको १५० घर, मुडेरी टोलका १५० घर र दिपु टोलका ५० घर छन् । प्रहरीको टोली पीडितलाई उद्धार गरी सुरक्षित स्थानमा राख्ने कार्यमा जुटेका छन् ।
उर्लाबारी– ८ को माझीटोलमा बक्राहा नुनसरी खोलाले १५ घर र मिक्लाजुङको खाँबेझाडो गाउँको– ६ परिवारलाई डुबानमा पारेको छ, भने धनपालथानको ५,६ र ७ वडाका तीन सय परिवारको घर डुबानमा परेको छ ।
पीडित परिवारको उद्धार कार्यमा प्रहरी जुटेको छ ।
सुन्दरहरैचाको ४ र ६ वडामा पर्ने पुलको पश्चिमपट्टिको भागलाई गछिया खोलाले कटान गरेपछि केही बेर आवागमन ठप्प भए पनि यतिखेर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
यसका साथै बूढीगंगामा अन्दाजी ३५० घरपरिवार डुबानमा परेका छन् । बौंराहा टोलको १५० घर, मुडेरी टोलका १५० घर र दिपु टोलका ५० घर छन् । प्रहरीको टोली पीडितलाई उद्धार गरी सुरक्षित स्थानमा राख्ने कार्यमा जुटेका छन् ।
उर्लाबारी– ८ को माझीटोलमा बक्राहा नुनसरी खोलाले १५ घर र मिक्लाजुङको खाँबेझाडो गाउँको– ६ परिवारलाई डुबानमा पारेको छ, भने धनपालथानको ५,६ र ७ वडाका तीन सय परिवारको घर डुबानमा परेको छ ।
पीडित परिवारको उद्धार कार्यमा प्रहरी जुटेको छ ।
त्यसैगरी, रतुवामाई नगरपालिकाको ७, ८, ९ र ५ मा रतुवा र बक्राहा खोलाको पानी पसेपछि सात सय परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रहरी टोली यतिखेर जुटेका छन् । धनपालथान–६ स्थित लोहोन्द्रा खोलाको बाँध फुटेर १५० घर डुबानमा परेको र रंगेलीको आमतोलामा चार घर डुबानमा परेको छ, भने एकराही र जामुनगाछिको मानव बस्तीमासमेत पानी पसेको छ ।
यसैबीच, गएरातिदेखि विराटनगरमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ । नेपाल टेलिकमको इन्टरनेटसेवा बिहान ९ः३० बजेदेखि सुचारु भएको भए पनि मोबाइल र टेलिफोनको एसटिडी सेवा सुचारु हुनसकेको छैन् ।
बाढीबाट एक हजार परिवार विस्थापित, उद्धार जारी
(सुरेश झा÷ अरुण यादव)
चार दिनदेखि लगातार परेको वर्षा र गएराति परेको मुसलधारी वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलानाला र नदीमा आएको बाढीले सप्तरीमा तीन हजार घर डुबानमा परेको छ, भने एक हजार परिवार विस्थापित भएका छन् ।
अविरल बर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । साथै सप्तकोशी नदीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी नजिकका बासिन्दा त्रसित भएका छन् ।
जिल्लाको खाँडो, बिगुल, जिता, मोहुली, खडक र बलान खोलामा आएको बाढीले जिल्लाको दक्षिण पूर्र्वी तथा पश्चिमी भेगका अधिकांश गाउँ तथा शहरी क्षेत्र डुबानमा परेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार सप्तरी सदरमुकाम राजविराज लगायत जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिका आज डुबानमा परेका छन् ।
बाढीका कारण यातायात, कलकारखाना, शिक्षण संस्था, सरकारी कार्यालयका कामसमेत प्रभावित भएको छ । राजविराज लगायत विभिन्न गाउँपालिका र नगरपालिकामा रहेका सरकारी कार्यालयको परिसरमा तीन फिटसम्म पानी पसेको छ ।
राजविराजको मुख्य सडकमा तीन फिट भन्दा माथि पानी जमेको छ भने राजविराजको वडा नं १, २, ३, ४, ५देखि १५ वडासम्म डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको पूर्वी भेगको मोहुली खोलामा आएको बाढीले कंचनरुप नगरपालिका– ७ र ८ वडा, तिरुहुत गाउँपालिकाको भेडिया, मैनाकडेरी, गोइठी पिप्राहीलगायतको ठाउँ डुबानमा परेको स्थानीय विनाइ तिवारीले बताउनुभयो ।
हनुमाननगर कंकालनी नगरपालिका– १ देखि १४ वडाको पोर्ताहा, भारदह, मधुवापुर, बेरवा, सकरदही, जोगीनीयाँ, हनुमानगर र सप्तरीकै अति विकट मानिएको कोशी टप्पुमा अवस्थित कोशी नदीबाट आएको पानीले गोवरगाढाको बस्ती पूर्णरुपमा जलमग्न भएको छ ।
त्यस्तै सोही नगरपालिका– २ स्थित सकरदही र भारदहको बीचमा रहेको पश्चिमी नहरमा पानी निकासी बन्द हुँदा सयौँ घर डुबानमा परेको हनुमानगर कंकालनी नगरपालिकाका श्यामसुन्दर खड्काले बताउनुभयो ।
यसैगरी जिल्लाको पश्चिममा रहेको बलान खोलामा आएको बाढीले डाकनेश्वरी, बोदेवरसाइन नगरपालिकाको अधिकांश गाउँ डुबानमा परेका छन् ।
खडक नदीमा आएको बाढीले बोदेवरसाइन नगरपालिका–६ स्थित जोगीयाटोलमा कटान सुरु भएको र त्यहाँ त्रासको अवस्था रहेको स्थानीयवासीले जनाएका छन् ।
सो नदीले करिब दुई सय मिटर गाउँकोसमेत जमिन कटान गरेको स्थानीयवासी रोशन गोइँतले बताउनुभयो । यसैगरी कोशी नदी र खाँडो नदीमा अत्यधिक बाढी आएका कारण जिल्लाको दक्षिणी भेगका देउरी भरुवा, तोपा, कजोली, लोनीया, सकरपुरा, रम्पुरा मलहनीया, इनरुवा र तिलाठी गाउँ पूर्णरुपमा डुबानमा परेको र त्यहाँका बासिन्दा गाईभैँसी, बाख्रालिएर सुरक्षित स्थान र सडकमा आएर खुला आकाशमुिन पानीमा भिज्दै बसेका छन् ।
उनीहरुलाई खाद्यान्न र त्रिपालको आवश्यकता रहेको छ । यसैबीच सप्तरीको इनरुवामा रहेको एउटा मुगा फर्मलाई बाढीले बगाएको छ । राजविराज– ७ स्थित पाँचवटा घर र कारागार छेउमा रमियादेवी मेहतरको दुईवटा घरसमेत बाढीले क्षतिग्रस्त भएको छ ।
त्यस्तै राजविराजको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पूर्णरुपमा जलमग्न भएको छ, भने कम्पाउण्डवालसमेत भत्केको छ र उद्योगको काम ठप्प भएको त्यहाँको प्रशासनले जनाएको छ ।
त्यहाँ रहेका मलेठ, रायपुर, रुपनी, पोवापिप्राही, शम्भुनाथ , तैरोहता वीरेनबजार बर्दाही बनैनीया पूर्णरुपमा जलमग्न भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
त्यहाँ रहेका मलेठ, रायपुर, रुपनी, पोवापिप्राही, शम्भुनाथ , तैरोहता वीरेनबजार बर्दाही बनैनीया पूर्णरुपमा जलमग्न भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालका प्रमुख जिल्ला अधिकारी कृषबहादुर कटुवालले पानीको बहाव नहुने क्षेत्रमा डोजर लगाएर पानी निकासको लागि बाटो काटने, नदी कटान क्षेत्रमा बोरामा बालुवा हालेर राख्ने र सुरक्षा निकाय तथा गैर सरकारी संस्थालाई सञ्चालन गरिएको जानकारी दिनुभयो ।
साथै क्षतिको विवरण समेत संकलन कार्य भइरहेको र उद्धार र राहत वितरणको कार्यसमेत भइरहेको छ, भन्नुभयो ।
इटहरीमा सात जनाको शव पानीमा भेटियो
सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ ।
भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईकी दुईवटा सन्तान मृत अवस्थामा फेला परेका छन् । उहाँकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईकी दुईवटा सन्तान मृत अवस्थामा फेला परेका छन् । उहाँकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
त्यस्तै, इटहरी–४ को आइतबारे बस्ने वर्ष ४० का ईश्वर सुनवार, इटहरी–४ को गौंरीगाउँ बस्ने वर्ष ३० की माला साह, उनकी १० वर्षीय छोरी सिटी, इटहरी–२० मा बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३०÷३५ वर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
महोत्तरीका ४१ वटा सडक बाढीले अवरुद्ध
अबिरल वर्षाका कारण महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् ।
तीन÷चार दिनदेखि लगातार भइरहेको वर्र्षाका कारण सडक बिग्रिएपछि जिल्लामा रहेका ४० ग्रामीण सडक र दुई मुख्य पक्कीसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् ।
लगातारको वर्षाका कारण जिल्लाको मुख्य पक्की सडक जलेश्वर जनकपुरसहित ग्रामीण सडक मटिहानी जलेश्वर परिक्रमा सडक, भिठ्ठामोड जलेश्वर सडक, मटिहानी जनकपुर रामजानकी पथ, जलेश्वर हर्दी हुलाकी सडक, जनकपुर लोहारपट्टी सडक खण्डको यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने स्थानीयवासीलाई निक्कै कष्ठपूर्ण भएको छ ।
यसबीच जिल्लाको एकमात्र जलेश्वर बर्दिवास सडकखण्ड सुचारु रहेको छ ।
वर्षाका कारण १७ घर विस्थापित
वर्षाका कारण १७ घर विस्थापित
यसैगरी अबिरल वर्षाका कारण महोत्तरी जिल्लाको दुई गाउँका १७ परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअुनसार लगातारको वर्षाका कारण जिल्लाको पिपरा गाउँपालिका – ४ पासवान टोलमा स्थानीय वृहस्पति पासवान, नथुनी पासवान, दिनेश पासवान, मला पासवान र पिपरा– २ का इब्राहिम राईनका घर पूर्ण रुपमा ढलेर विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतकाअनुसार पिपरा पासवान टोलका पाँचै जनाको घर भत्किँदा उनीहरुको घरबार र घरभित्र रहेका अन्नपातसहित रु सात लाखको क्षति भएको छ ।
वर्षाका कारण विस्थापित भएका पिपराका पासवान केही छिमेकीको घर र केही स्थानीय विद्यालयमा शरण लिएर बसेका छन् ।
त्यस्तै लगातारको वर्षाकै कारण जिल्लाको सम्सी गाउँपालिका– ४ गँैंढाभेटपुरमा १२ घर मुसहर र दुसाध विस्थापित भएका छन् ।
त्यस्तै लगातारको वर्षाकै कारण जिल्लाको सम्सी गाउँपालिका– ४ गँैंढाभेटपुरमा १२ घर मुसहर र दुसाध विस्थापित भएका छन् ।
गाउँभन्दा दक्षिणपट्टी एउटा साने टोलमा स–साना छाप्रा बनाएर बसिरहेका उनीहरुको घर÷घरमा बर्षाका पानी पसेर– चार जनाको घर भत्किएको र अन्य सबै जनाको घरको सबै सरसामान डुबानमा परेको स्थानीय ललन झाले बताउनुभयो ।
बर्षाको पानी घर÷घरमा पसेको र केही व्यक्तिको घरसमेत भत्किएपछि १२ जनालाई स्थानीयवासीले सार्वजनिक माध्यमिक विद्यालयमा उद्धार गरी अस्थायी बास दिलाएका छन् ।
बाढी पहिरोले जाजरकोटका गाउँ अन्धकार
लगातार परेको पानीका कारण खोलानाला बढेपछि जाजरकोटका दर्जन ठाउँमा विद्युत् आपूर्ति
बन्द भएको छ । विद्युत् उत्पादका लागि ल्याइएको पानीको नहर भत्किएपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।
लाखौँ रकम खर्चेर निर्माण गरेका विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । त्रिवेणी नलगाड नगरपालिका –३ करुवास्थित भेरीखोला चिलिखोलेसा लघु जलविद्युत योजनाको नहर बगाएपछि विद्युत् सेवा ठप्प भएको छ ।
कुलो बाढीले भत्काउँदा ६५ घरधुरी अध्यायारोमा बस्न बाध्य भएको त्रिवेणी नलगाड नगरपालिका – ३ का वडा अध्यक्ष प्रचण्ड बलीले बताउनुभयो । सोही नपाकै वडा नं – ९ तात्रामा रहेको रु ७२ लाख बराबरको १८ किलोवाट क्षमता भएको दोवीया खोला लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएको वडा अध्यक्ष विष्णु विकले बताउनुभयो ।
यो विद्युत् अवरुद्ध भएपछि यहाँका ५० भन्दा बढी घर अन्धकारमा बस्न बाध्य भएका छन् ।
कुशें गाउँपालिका– २ मा रहेको झण्डै रु एक करोड ४० लाखको लागतमा निर्माण गरिएको खाराखोला लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएको छ । झण्डै ३६ किलोवाट विद्युत् खपत क्षमता भएको सो लघु जलविद्युत् आयोजनाको कुलो बाढीले भत्काएसँगै चारसय घरधुरीका स्थानीय बासिन्दाले अध्याँरो झेल्नुपरेको कुशें गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।
बारेकोट गाउँपालिका –२ रोकायगाउँमा रहेको गाग्रा खोला लघु जलविद्युत् आयोजनाको विद्युत् प्रसारणलाइन रोकिएको हप्ता दिन पुगिसक्दा पनि निर्माण कार्यमा सरोकारवाला निकायले चासो नदेखाएको स्थानीय गोरख घर्तीले गुनासो गर्नुभयो ।
बर्षायाममा जताततै खोलामा पानीको मात्रा बढेका कारण सजिलै सामग्री ढुवानी गर्न समस्या भएको उपभोक्ताले बताएका छन् ।
बाढीपीडितको उद्धारका लागि एकीकृतरुपमा सुरक्षाकर्मी परिचालन
सरकारले बाढी पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थान प्रभावित भएकाले स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खोज, उद्धार र राहतका लागि परिचालित भएको जनाएको छ ।
गृहमन्त्रालयले आज एक सार्वजनिक अपिल जारी गर्दै प्रभावितको खोज तथा उद्धारका लागि तालीम प्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको हो ।
मन्त्रालयले झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके जिल्लाका विभिन्न स्थान बाढी र डुबानबाट बढी प्रभावित भएको भन्दै सरकारका सबै निकायबीच आवश्यक समन्वय गरी प्रतिकार्य अगाडि बढाइएको उल्लेख गरेको छ ।
मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले यस कठिन घडीमा खोज, उद्धार र राहत कार्यमा सहयोग पु¥र्याउन र समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउने कार्यमा आ–आफ्नोतर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्था, समाजसेवी र सञ्चारमाध्यम सबैमा गृहमन्त्रालयले आग्रह गरेको बताउनुभयो ।
देशका विभिन्न नदीको जल सतह बढिरहेको र केही नदीको जल सतह खतराको तहभन्दा माथि गएको हुँदा सम्बन्धित सबैले आ–आफ्नोतर्फबाट उच्च सतर्कता अपनाउन हुनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।
बाढिपहिरो पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पीडितलाई राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण बर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जन भन्दा बढीले ज्यान गुमाएका छन् । सिन्धुलीमा पहिरोमा परी एकैपरिवारका चारको मृत्यु भएको छ ।
प्रधानमन्त्री देउवाले शनिबार बिहानै बाढिपहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखलाई सम्पर्क गरी विपत्को चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत सबै प्रकारको सहयोग प्रदान गर्न निर्देशन दिनुभयो ।
बाढी र पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र तिनका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै प्रधानमन्त्री देउवाले यो विपत्को घडीमा एक ढिक्का हुन सम्पूर्ण देशवासीलाई आग्रह गर्नुभएको छ । रासस
तस्बिरहरु हेर्नुहोस :
Comments
Post a Comment